कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुँदैनः डब्लुएचओ

२७ असार, २०७७ काठमाडौं । कोरोना भाइरस पूर्ण रुपमा अन्त्य नहुन सक्ने विश्व स्वास्थ्य संगठन, डब्लुएचओले बताएको छ।
डब्लुएचओका आकस्मिक परियोजना प्रमुख डाक्टर माइक रायनले कोरोना भाइरस पूर्ण रुपमा निर्मूल हुने नदेखिएको बताएका हुन्।
जेनेभामा शुक्रबार अनलाइन सम्मेलनमा डाक्टर रायनलेले अहिले स्थितिको आंकलन गर्दा भाइरस पूर्ण रुपमा नष्ट गर्न नसकिने बताए। बढी प्रभाव परेको क्षेत्रमा भने थप फैलनबाट रोक्नुपर्नेमा उनले जोड दिए ।
संक्रमणको दोस्रो लहर आउन नदिन र संक्रमण रोकन् लकडाउन नै आवश्यक रहेको वहाँको भनाइ छ । यसैबीच कोरोना भाइरसको स्रोत अर्थात उत्पत्ती अध्ययनका लागि डब्लुएचओको विशेषज्ञ टोली चीन पुगेको छ ।
भाइरसको स्रोत थाहा पाउन दुईजना विज्ञको टोली पठाइएको डब्लुएचओले बताएको हो । कोरोना चीनको हुबेई प्रान्तस्थित वुहान शहरको एक होलसेल बजारबाट फैलिएको ठानिएको छ । अहिलेसम्मको अध्ययन अनुसार भाइरस जनावरबाट मानिसमा सरेको भेटिएको छ ।
कोरोना भाइरससँग मिल्दोजुल्दो भाइरस चमेरामा फेला परेको तर चमेरामै देखिएको सो भाइरस उत्परिवर्तन गरी मानिसमा सरेको हो वा होइन भन्नेबारे थप अनुसन्धानको खाँचो रहेको डब्लुएचओले जनाएको छ ।
प्रतिक्रिया