समाज

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको डाइभर्सन बाढीले बगायो

हिमालय टिभी
२०७७ असार २७ गते १२:१४
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको डाइभर्सन बाढीले बगायो

२७ असार, २०७७ चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

नारायणगढ –बुटवल सडक खण्ड विस्तारको आयोजना अन्तर्गत गैंडाकोट –९, थुम्सीमा पुल निर्माणको क्रममा डाइभर्सन निर्माण गरिएको थियो ।

त्यही डाइभर्सन बिहान बाढीले बगाउँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बाढीले डाइभर्सन बगाएपछि आवतजावत पूर्ण रुपमा रोकिएको छ ।

खाद्यान्न लगायतका अन्य अत्यावश्यक कामले हिडेका गाडी बिहानदेखि नै रोकिएका छन् । बगाएको डाइभर्सन बनाउने काम सुरु गरिएको र यातायात सञ्चालनमा आउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *