समाज

बाढीपहिरोले म्याग्दी, जाजरकोट, कास्की र लमजुङमा बढी मानवीय क्षति

हिमालय टिभी
२०७७ असार २७ गते ८:१६
बाढीपहिरोले म्याग्दी, जाजरकोट, कास्की र लमजुङमा बढी मानवीय क्षति

२७ असार, २०७७ काठमाडौं । लगातारको वर्षापछि आएको बाढी पहिरोले देशका विभिन्न स्थानमा जनधनको ठुलो क्षति गरेको छ । म्याग्दी, जाजरकोट, कास्की र लमजुङमा धेरै मानवीय क्षति भएको छ ।

म्याग्दीमा पहिरोले ठूलो क्षति पुर्याएको छ । तर हिजोदेखि अहिलेसम्म घटनास्थल पुग्न नसक्दा त्यहाँको एकिन विवरण आउन सकेको छैन । त्यहाँ अहिलेसम्म उद्धारका लागि प्रहरी घटना स्थल पुग्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयबाट गएको उद्धार टोली दरवाङमा रोकिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाकी उपाध्यक्षा खरमायाँ बिटालुका अनुसार मालिकामा ७ जनाको मरृत्यु भएको छ भने धौलागिरी गाउँपालिकामा २९ जना हराइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *