आर्थिक

एनसेलले वायरलेस इन्टरनेट र वाईफाई कनेक्टिभिटी शुरु गर्ने

हिमालय टिभी
२०७७ असार २६ गते १८:४०
एनसेलले वायरलेस इन्टरनेट र वाईफाई कनेक्टिभिटी शुरु गर्ने

२६ असार, २०७७ काठमाडौं । एनसेलले वायरलेस इन्टरनेट र वाईफाई कनेक्टिभिटी शुरु गर्ने भएको छ । त्यसका लागि उसले बुकिङ सुरु गरेको घोषणा गरेको छ ।

नवीन प्रविधिमा आधारित घरेलु तथा व्यवासायिक दुबै प्रयोजनका लागि उपयुक्त हुने गुणस्तरिय र भरपर्दो वायरफ्री प्लस वाईफाई सेवा ल्याउन लागेको एनसेलले जनाएको छ ।

वायरफ्रीप्लस वाइफाइ सेवा लिनेले २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जिबी डेटा, एनसेल नेटवर्क भित्र हरेक महिना ४ सय २५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक लगायतका सेवा उपयोग गर्न पाउने छन् ।

यो सेवा लिन चाहनेले प्रभु पे, प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्न सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *