खेलकूद

राखेप सदस्य सचिव सिफारिस समितिले पायो पूर्णता

हिमालय टिभी
२०७७ असार २६ गते १८:३६
राखेप सदस्य सचिव सिफारिस समितिले पायो पूर्णता

२६ असार, २०७७ काठमाडौं । नयाँ खेलकुद ऐन अनुसार राष्ट्रिय खेलकूद परिषदमा नयाँ सदस्य सचिव नियुक्तिका लागि बनेको सिफारिस समितिले पूर्णता पाएको छ ।

खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलीयाको संयोजकत्वमा रहेको तीन सदस्यीय सिफारिस समितिमा रिम राना भाट र ईन्दिरा निरौलालाई राखेर पूर्णता दिइएको हो । अब समितिले नै सदस्य सचिवको नाम सिफारिस गर्नेछ ।

सिफारिस समितिको कार्यविधि समिति आफैले बनाउनेछ । राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक रहिसकेका रानाभाट यसै वर्ष सेवा निवृत्त भैसकेका छन । अर्का सदस्य निरौला यसअघि राष्ट्रिय खेलकुद परिषदकै बोर्ड सदस्य थिइन् ।

सिफारिस समितिले अब मापदण्ड पूरा भएका एक महिलासहित तीन जनाको नाम मन्त्रालयलाई सिफारिस गर्नेछ । मन्त्रालयले त्यसमध्येबाट सदस्य सचिवको नियुक्त गर्न मन्त्री परिषद् बैठकमा पेश गर्नेछन् । त्यसबाट एक जनालाई मन्त्री परिषद्ले चार वर्षका लागि सदस्य सचिव बनाउनेछ ।

नयाँ व्यवस्था अनुसार सदस्य सचिव बन्नका लागि नेपाली नागरिक, सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उतीर्ण, खेलकुदको क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको, प्रचलित कानुनले आयोग्य नभएको र ३० वर्ष उमेर पुरा भएको हुनु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्