समाज

अहिलेकै अवस्थामा गाडी नचलाउने व्यवसायीको निर्णय

हिमालय टिभी
२०७७ असार २६ गते १८:३१
अहिलेकै अवस्थामा गाडी नचलाउने व्यवसायीको निर्णय

२६ असार, २०७७ काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिलेकै अवस्थामा गाडी नचलाउने भएको छ ।

सरकारले आवश्यक सुरक्षा अपनाएर छोटो दुरीमा गाडी चलाउने निर्णय गरे पनि महासंघले अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न नसकिने बताएको हो ।

महासंघको आज बसेको बैठकले लक डाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लक डाउनपछिको किस्ताका लागि समय दिनुपर्ने, चालक र सहचालकलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनु पर्ने माग राखेको छ ।

सरकारले बढाएर लिनु भनेको भाडाले पनि दैनिक सञ्चालन खर्च उठ्न नसक्ने भन्दै यातायात व्यवसायीले बैंक किस्ता तिर्न पुग्ने गरी उपदानको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

सरकारले जिल्लाभित्र मात्रै सञ्चालन गर्ने गरी सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तो अवस्थामा प्रचलित भाडादरमा ५० प्रतिशत बढी रकम लिन पाउने व्यवस्था गरे पनि उनीहरु गाडी चलाउन तयार नभएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *