भोलि शनिबार पनि बैंकहरु खुला राख्न राष्ट्र बैंकको निर्देशन

२६ असार, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि बैंकहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ ।
क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।
राजस्व बुझ्ने प्रयोजनका लागि बैंकका शाखाहरू खुला राख्न निर्देशन दिइएको हो । बैंकमात्रै नभइ क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत भोलि शनिबार खुला रहनेछ ।
सरकारलाई तिर्नुपर्ने राजस्व तिर्न असार मसान्तसम्म शनिबारमात्रै होइन अन्य सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरूलाई खुला राख्न निर्देशन दिने गरेको थियो ।
कोरोनाका कारण सरकारको राजस्व उठ्न नसकेको र सर्वसाधारणलाई सहजताका लागि बैंकहरू खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले बताएको छ ।
प्रतिक्रिया