अन्तर्वार्ता
नेकपामा दुई अध्यक्षबीचको सहमतिमै विवाद समाधान हुन्छः कैलास ढुंगेल, मन्त्री, बागमती प्रदेश
२०७७ असार २५ गते १२:५८

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलास ढुंगेलले नेकपाका दुई अध्यक्षको सहमतिमा पार्टीको विवाद समाधान हुने बताउनु भएको छ ।
हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै मन्त्री ढुंगेलले नेकपा कुनै पनि हालतमा नफुट्ने दावी गर्नु भयो ।
प्रधानमन्त्री ओली निकट मानिने नेकपाका केन्द्रीय सदस्य समेत रहेका मन्त्री ढुंगेलले कम्युनिष्ट विरोधी विदेशी शक्तिले नेकपालाई फुटाउनै चाहेको दावी गर्नु भयो । तर सबै नेताले फुटको पीडा बुझेकाले नेकपा नफुट्ने र प्रधानमन्त्री पार्टी फुटाउने तयारीमा पनि नरहेको दावी गर्नुभयो ।
नेकपा फुटेमा नेपालको लोकतन्त्र र गणतन्त्र नै धरापमा पर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया