खेलकूद

बार्सिलोनाको स्पेनिस ला लिगा उपाधि आशा कायमै

हिमालय टिभी
२०७७ असार २५ गते ८:४८
बार्सिलोनाको स्पेनिस ला लिगा उपाधि आशा कायमै

२५ असार, २०७७ काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा उपाधि आशा कायमै राखेको छ ।

बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा उपाधि आशा कायमै राखेको छ ।
गएराति स्पान्योललाई १(० गोलले पराजित गर्दै बार्सिलोनाले उपाधि जित्ने सम्भावना कायमै राखेको हो ।

घरेलु मैदान नाउ क्याम्पमा सम्पन्न खेलमा बार्सिलोनाको जितमा लुईस स्वारेजले गरेको गोल नै निर्णायक रह्यो । उनले खेलको ५६ औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा खेलमा दुबै टोलीले १(१ जनाले रातो कार्डपाएका थिए । ५० औं मिनेटमा बार्सिलोनाका अंशु फाती रातो कार्ड खादै मैदान छाडेका थिए । उनले स्पान्योलका फर्नान्डो कालिरोमाथि फल गरेका थिए ।

लगत्तै ५३औं मिनेटमै खतरनाक ट्याकल गरेको भन्दै स्पान्योलका पोल लोजानोले समेत रातो कार्ड पाएका थिए । जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी एक अंकमा झार्दै दबाब समेत बढाएको छ ।

शीर्ष स्थानको रियलको ३४ खेलबाट ७७ अंक रहँदा दोस्रो स्थानको बार्सिलोनाले ३५ खेलबाट ७६ अंक जोडेको छ । ला लिगाकै अन्य खेलमा रियल बेटिसले ओसासुनालाई ३(० र भिल्ला रयालले गेटाफेलाई ३(१ गोलले पराजित गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्