आर्थिक
शेयर परिसूचकमा सामान्य गिरावट
२०७७ असार २४ गते १८:५२

२४ असार, २०७७ काठमाडौं । शेयर बजारमा परिसूचक नेप्से सामान्य घटेको छ । हिजो ३७ अंकले बढेको नेप्से आज १० दशमलव १३ अंकले घटेको हो ।
नेप्से १३ सय २६ दशमलव ५३ अंकमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि हिजोभन्दा केही घटेको छ ।
कारोबार भएकामा म्युचुअल फन्ड र ब्यापार समूहको परिसुचक बढे पनि अरु सबै परिसुचक घटेकाले समग्रमा नेप्से पनि घटेको हो । आज १ अर्ब ७ करोड रुपैयाँ बराबरका शेयर किनबेच भयो ।
हिजो १ अर्ब २१ करोड रुपैयाँको शेयर किनबेच भएको थियो । आज पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २५ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
प्रतिक्रिया