विदेश

हावाबाट पनि कोरोना भाइरस सर्ने विश्व स्वास्थ्य संगठनको ठहर

हिमालय टिभी
२०७७ असार २४ गते १८:४९
हावाबाट पनि कोरोना भाइरस सर्ने विश्व स्वास्थ्य संगठनको ठहर

२४ असार, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले हावाबाट पनि कोरोना भाइरस संक्रमण हुने पुष्टि गरेको छ ।

डब्ल्यूएचओका संक्रमण रोकथाम तथा नियन्त्रण प्रमुख डाक्टर बनेडेटा एलेगान्जीले नियमित पत्रकार सम्मेलनमा हावाबाट पनि कोरोना संक्रमण हुने पुष्टि भएको जानकारी दिएका हुन् ।

यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै हालको दिशानिर्देश संशोधन गर्न सुझाव दिएका थिए ।

क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ जना वैज्ञानिकहरुले कोरोना भाइरस हावामा अडिन सक्ने र कुनै व्यक्तिले स्वास फेर्दा ऊ संक्रमित हुनसक्ने प्रमाण प्रस्तुत गरेका थिए ।

भिडभाड भएको सार्वजनिक स्थानमा, हावा आवत–जावत नगर्ने बन्द स्थानमा हावाबाट भाइरस फैलिने आशंकालाई इन्कार गर्न नसकिने डब्ल्यूएचओले पुष्टी गरेको छ । हाल विश्व स्वास्थ्य संगठनले सार्स–कोभिड–२ ९कोरोना० भाइरस मुख्यरुपमा संक्रमित व्यक्तिको मुखबाट निस्किने थुकका साना छिटाबाट सर्ने बताउँदै आएको छ ।

त्यसैले डब्ल्यूएचओले एक–अर्काबीच कम्तिमा ३ दशमलब ३ फुटको दुरीमा रहन र मास्क लगाउन सुझाव दिँदै आएको छ ।

हावाबाट सर्ने भएपछि डब्लएचओले अवलम्बन गरेको ब्यक्तिगत दूरीको मापदण्डमा परिवर्नत हुनेछ । वान केरखोवले यसबारे डब्ल्यूएचओले छिट्टै एक विज्ञिप्त जारी गर्ने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *