समाज

प्रहरीको यो कस्तो सम्झाउने तरिका हो ? नागरिकलाई यसरी कुट्न पाइन्छ ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २४ गते १५:२३
प्रहरीको यो कस्तो सम्झाउने तरिका हो ? नागरिकलाई यसरी कुट्न पाइन्छ ? (भिडियोसहित)

२४ असार, २०७७ रुकुम । नागरिकको जिउधनको सुरक्षा गर्ने जिम्मेवारी पाएको प्रहरी कतिसम्म अमानवीय बन्छ भन्ने एउटा उदाहरण सार्वजनिक भएको छ । रुकुम पश्चिममा प्रहरी र नगरप्रहरीले मिलेर एउटी महिलालाई निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी र नगरप्रहरीमाथि छानविन थालिएको छ ।

यो घटना रुकुम पश्चिम आठबिसकोटको हो । यहाँ प्रहरी र नगरप्रहरी मिलेर महिलालाई कुटिरहेका छन् । कुटाइ खाने महिला आठबिसकोटकै हुन् । उनलाई पाइपबाट पानी खन्याउने इलाका प्रहरी कार्यालय, आठबीसकोटका प्रहरी हुन् ।

र, उनलाई यसरी लाठी हान्ने आठबिसकोटकी नगर प्रहरी निर्मला विक । नेपाल प्रहरीका केही जवानले महिलालाई समाउँछन । नगरप्रहरी निर्मला लात्तीले हान्छिन् । लाठीले हान्छिन् । कपाल भुत्ल्याउँछिन् । छुट्याउन गएकी एक महिलाले पनि कुटाइ खान्छिन् ।

हेरिरहेका गाउँलेलाई प्रहरीले हप्काएर पठाउछन् । र फेरि यी महिलमाथि कुटपिट गर्छन् ।
उनीहरुले कोठा भित्र लगेर समेत महिलालाई कुट्छन् ।

सामाजिक सञ्जालमा अहिले भाइरल यो घटना जेठ १ गतेको हो । नगर ओहोरदोहोर गर्नेको ज्वरो नाप्न झोलुङ्गे पुलमा बसेका प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा यी महिलामाथि यसरी कुटपिट भएको हो ।

यो भिडियो सार्वजनिक भएपछि कुट्ने नगरप्रहरी निर्मलालाई निलम्बन गरेर छानविन थालिएको आठबिसकोट नगरपालिकाले जनाएको छ ।

दुई जना प्रहरी जवानलाई जिल्लामा तानेर आन्तरिक छानविन थालिएको छ । कुटपिटमा संलग्न एक जना हवल्दार दुर्घटनामा घाइते भएर प्रहरी अस्पतालमा उपचाररत् छन् । तर गल्ती गर्नेलाई सम्झाउने बुझाउने तरिका यही हो त ? प्रहरीले यसरी नै काम गर्ने हो त रु गम्भीर प्रश्न उठेको छ । यसमा प्रहरी नेतृत्वको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *