समाज

डा. शेरचनलाई स्वास्थ्य अनुसन्धान लाइफटाइफ अचिभमेन्ट अवार्ड

हिमालय टिभी
२०७७ असार २४ गते १५:१२
डा. शेरचनलाई स्वास्थ्य अनुसन्धान लाइफटाइफ अचिभमेन्ट अवार्ड

२४ असार, २०७७ काठमाडौं । प्राध्यापक डाक्टर जीवन शेरचन स्वास्थ्य अनुसन्धान लाइफटाइफ अचिभमेन्ट अवार्ड २०२० बाट सम्मानित हुनुभएको छ ।

छेठौं राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सम्मेलनमा डाक्टर शेरचन्दलाई सम्मान गरिएको हो । उहाँलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य मन्त्रालयले लाइफटाइम अचिभमेन्ट अर्वाडबाट सम्मान गरेको हो ।

प्राध्यापक शेरचन चालिस वर्षदेखि स्वास्थ्यक्षेत्रमा कार्यरत हुनुहुन्थ्यो । यसअघि जनस्वास्थ्य प्रयोगशालाको प्रमुख, शिक्षण अस्पतालमा सुक्ष्म रोग अनुसन्धान प्रमुखका रुपमा प्राध्यापक शेरचनले काम गरिसक्नुभएको छ ।

रोटा भाइरस विरुद्धको भ्याक्सिनको १० वर्षसम्म अनुसन्धान गरी प्राध्यापक शेरचनले नेपालमा रोटा भाइरसको खोप सुरु गर्न पहल गर्नुभएको हो । यो वर्षदेखि झाडापखाला विरुद्धको रोटा भ्याक्सिन खोप सरकारले सूरु गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *