विदेश

अमेरिका र ब्राजिलमा कोरोना भाइरस अझै नियन्त्रणबाहिर

हिमालय टिभी
२०७७ असार २४ गते ७:५७
अमेरिका र ब्राजिलमा कोरोना भाइरस अझै नियन्त्रणबाहिर

२४ असार, २०७७ काठमाडौं । अमेरिका र ब्राजिलमा कोरोना भाइरसको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन ।

पछिल्लो २४ घण्टामा विश्वमा अमेरिका र ब्राजिलमा सबैभन्दा बढी संक्रमित थपिए । अमेरिकामा ५५ हजार ४ सय ४२ तथा ब्राजिलमा ४८ हजार ५ सय ८४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै भारतमा २३ हजार १ सय ३५ जना संक्रमित भए ।

अमेरिकामा हालसम्म ३० लाख ९७ हजार ८४, ब्राजिलमा १६ लाख ७४ हजार ६ सय ५५ तथा भारतमा ७ लाख ४३ हजार ४ सय ८१ जना कोरोना भाइरसका संक्रमण भएको छ ।

त्यस्तै गएको एक दिनमा विश्वमा ५ हजार ५ सय १२ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी ब्राजिलमा १ हजार ३ सय १२ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा ९ सय ९३, मेक्सिकोमा ४ सय ८० तथा भारतमा ४ सय ७९ ले ज्यान गुमाएका छन् ।

मेक्सिकोमा आज थप ६ हजार २ सय ५८ जना संक्रमित हुँदा ८ सय ९५ जनाको मृत्यु भएको छ । उता कोरोना संक्रमणको उद्गमस्थल चीनमा आज थप सात जनामा संक्रमण भेटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *