आर्थिक

सलह पछि आयो अर्को नयाँ किरा, हजारौं आँपका बोट सुक्न थाले ! (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २३ गते १९:०२
सलह पछि आयो अर्को नयाँ किरा, हजारौं आँपका बोट सुक्न थाले ! (भिडियोसहित)

२३ असार, २०७७ महोत्तरी । नेपालमा सलह किराको प्रयोग सेलाउन नपाउँदै किराका कारण महोत्तरीमा आँपका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन ।

बल्वा नगरपालिका र मनरा नगरपालिकाका केही वडा र जिल्लाकै अन्य क्षेत्रमा समेत रहेको हजारौं आँपका बोट सुक्न थालेका छन । पाल बनाउने किराको संक्रमणले आँपका बोटहरु सुक्न थालेका हुन ।

महोत्तरीमा आँप वेचेर हजारौं किसानले घर परिवार धान्दै आएका छन । तर यसपाली आँपको बोटमा आँप नै फलेन । रुखमै जालो बनाएर बस्ने किराले बोट नै सुकाइदिएपछि किसान मारमा परेका छन । पाल बनाउने किराको नामले चिनिने Tent caterpillar ले आँपको बोटमा बाहेक अन्य कुनै पनि बोटमा क्षति पुर्‍याएको छैन ।

आँपको बगैंचा बनाएर आँपकै व्यापार व्यवसाय गर्दै आएका किसानले ठूलो क्षति व्यहोर्नु पर्ने भएको छ । तर किसानको घाउमा मलम लगाउन कसैले पनि ध्यान दिएका छैनन ।

किराको प्रकोप सामान्य छ भने विषादी छरेर नियन्त्रण गर्न सकिन्छ । तर प्रकोप अत्यधिक भए किरा लागेको हांगा वा रुख नै काटेर बगैंचाबाट अलग्याउनु पर्ने हुन्छ । तर प्रदेश सरकार समस्या लिएर आफूकहाँ कोही पनि नआएको दाबी गर्छ ।

कोरोना संक्रमणका लागि जारी गरिएको लकडाउनका कारण आफ्नो उत्पादन बिक्रि गर्न नपाएका किसानमाथि एक पछि अर्को समस्या थपिदै गएको छ । सलहको मारमा रहेका किसानलाई टेन्ट क्याटरपिलर अर्थात पाल बनाउने किराले दुस्ख दिएको छ । सरकारले पीडित किसानलाई सहयोग गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *