समाज

अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी मर्कामा, कामबाट यसरी निकालिँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २३ गते १८:५५
अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी मर्कामा, कामबाट यसरी निकालिँदै (भिडियोसहित)

२३ असार, २०७७ धनुषा । कोरोनाको उपचार सेवामा स्वास्थ्यकर्मी अग्रपंक्तिमा बसेर काम गर्दै आएका छन । कोरानाको जोखिम उनीहरुमा पनि उतिकै रहने सम्भावना छ ।

तर कोरोनको उपचारमा सहभागी स्वास्थ्यकर्मीलाई कोरोनाको कारण देखाउँदै नीजि स्वास्थ्य संस्थाले कामबाट निकाल्न थालेका छन । कतिपयलाई आधा तलबमा काम लगाउने गरिएको छ ।

प्रदेश १ मा १० हजार नर्सिङ पेसामा आवद्ध छन् । सरकारले कोरोना रोकथामका लागि लकडाउन शुरु गरेपछि नर्सिङ पेशामा आवद्धमध्ये ७५ प्रतिशत सेवा सुविधाबाट बञ्चित भएका छन । निजी क्षेत्रमा कार्यरत २ हजार ५ सय चिकित्सकको अवस्था पनि नाजुक बन्दै गएको छ । कोरोना भाइरसको कारण देखाएर अस्पताल र नर्सिङ कलेजहरुले तलब कटौतीदेखि बेतलबी विदा दिएका छन् ।

प्रदेश एकमा निजी क्षेत्रमा कार्यरत २ हजार ५ सय चिकित्सकको अवस्था पनि उस्तै छ । लकडाउनको विचमा धेरै चिकित्सकको रोजगारी गुमेको छ । लकडाउनको अहिलेको अबस्थामा अस्पताललाई समय दिइरहेका चिकित्सक पनि साविकको सेवा सुविधाभन्दा ५० प्रतिशत कम सेवा सुविधा लिएर उपचारमा खटिन बाध्य छ ।

कोरोनाको कारण चैत्रमा विरामीको संख्या घटे पनि बैशाखबाट निजी अस्पतालले विरामीको जाँच गर्न थालेका छन । स्वास्थ्यकर्मीको सेवा सुविधा कटौति गर्ने प्रकृया नरोकिनु र नीजि अस्पताल नाफामुलक उद्देश्य राख्नु अहिलेको अबस्था ठिक मान्न सकिन्न् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *