अन्तर्वार्ता

ओलीले पार्टी फुटाएर देउवासँग मिलेर सरकार चलाउन लागेको हो ? : डा. मिनेन्द्र रिजाल, नेता, कांगेस

हिमालय टिभी
२०७७ असार २३ गते १८:०६
ओलीले पार्टी फुटाएर देउवासँग मिलेर सरकार चलाउन लागेको हो ? : डा. मिनेन्द्र रिजाल, नेता, कांगेस

२३ असार, २०७७ काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीका कारण गणतन्त्र कमजोर भएको कडा प्रतिक्रिया दिएको छ ।

हिमालय टेलिभिजनसँगको कुराकानीमा नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले राष्ट्रपति भण्डारीले पदीय मर्यादा अनुसारको काम गर्न नसकेको बताउनुभयो । राष्ट्रपतिको भूमिकाले गणतन्त्र कमजोर बनाएको रिजालको टिप्पणी छ ।

राष्ट्रपति भण्डारीले कुनै पार्टी विशेष र पार्टीको कुनै समूह विशेषका लागि काम गरिरहेको कांग्रेसको आरोप छ ।

सत्तारुढ नेकपाका विवादमा राष्ट्रपति भण्डारी खुलेर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेपछि उहाँको चर्को आलोचना भैरहेको छ ।

राष्ट्रपतिले पदीय मर्यादा अनुसार काम गर्न नसकेको टिप्पणी भैरहेको छ । नेकपा भित्रको विवादमा राष्ट्रपति पटक पटक खुलेरै ओलीका पक्षमा लाग्ने गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्