खेलकूद

सन्दीप लामिछने सीपीएलका लागि अनुबन्धित

हिमालय टिभी
२०७७ असार २३ गते ७:५८
सन्दीप लामिछने सीपीएलका लागि अनुबन्धित

२३ असार, २०७७ काठमाडौं । सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग, सीपीएल, ट्वेन्टीट्वेन्टी क्रिकेट जमैका तलावाजबाट खेल्ने भएका छन् ।

सन्दीपलाई तलावाजले ९० हजार अमेरिकी डलर अर्थात १ करोड भन्दा बढी नेपाली रुपैयाँ मा अनुबन्ध गरेको हो ।

सीपीएलमा सन्दीपको अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो । सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् । उनले यस अघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।

सेन्ट किट्सले उनलाई ५ हजार र बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो ।

कोरोना महामारीको कारण यस सिजनको सीपीएलको मिति तय भने भैसकेको छैन । तर, आगामी अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा प्रतियोगिता गर्ने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्