विदेश

पछिल्लो २४ घण्टामा विश्वमा १ लाख ७५ हजार बढी कोरोना संक्रमित थपिए

हिमालय टिभी
२०७७ असार २२ गते ७:३९
पछिल्लो २४ घण्टामा विश्वमा १ लाख ७५ हजार बढी कोरोना संक्रमित थपिए

२२ असार, २०७७ काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा १ लाख ७५ हजार ४ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा सबैभन्दा बढी ४४ हजार ५ सय ३० जना संक्रमित भएका छन् । यससँगै अमेरिकाभर संक्रमित हुने मानिसको संख्या २९ लाख ८२ हजार ९ सय २८ पुगेको छ । यस्तै ब्राजिलमा २६ हजार २ सय ९ तथा भारतमा २३ हजार ९ सय ३२ जनामा संक्रमण भएको छ ।

यस्तै मृत्युदरमा पनि पछिल्लो २४ घण्टामा केही कमी आएको छ । ब्राजिलमा ५ सय ३५, मेक्सिकोमा ५ सय २३ तथा भारतमा ४ सय २१ जनाको मृत्यु भयो । ब्राजिलमा हालसम्म ६४ हजार ९ सय, मेक्सिकोमा ३० हजार ३ सय ६६ तथा भारतमा १९ हजार ७ सय जनाको मृत्यु भैसकेको छ ।

यस्तै आज मेक्सिकोमा ४ हजार ६ सय ८३ जना संक्रमित हुँदा २ सय ७३ जनाको मृत्यु भएको छ । २ सय १३ देशमा पुगेको कोरोना संक्रमित मध्ये ६५ लाख ३१ हजार भन्दा बढी निको भैसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *