समाज
दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित एक जना पक्राउ
२०७७ असार २१ गते १८:५५

२१ असार, २०७७ बाँके । बाँके राष्ट्रिय निकुन्ज क्षेत्र नजिकैको क्षेत्रबाट नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु पाटेबाघको छाला र हड्डी सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले वयस्क बाघको छाला र १० केजी हड्डीसहित राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ का नवराज घर्तिलाई पक्राउ गरेको हो ।
बाघको छाला र हड्डीको ग्राहक बनेर नेपाल प्रहरीको टोली घर्तिको मकैबारीसम्म पुगेर बाघको छाला, हड्डी नियन्त्रणमा लिएको हो ।
तस्करीमा संलग्न प्रकाश बाहुन र नरे घर्तिको खोजी भइरहेको बाँकेका प्रहरी उपरिक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।
प्रतिक्रिया