नेकपाका स्थायी कमिटी सदस्य गणेश साहले पार्टीमा देखिएको तिव्र विवादले देश र जनतासामू मुख देखाउनै लाज भएको बताउनु भएको छ।
हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा सरोज सिंह थापासँग कुरा गर्दै उहाँले कोरोना संक्रमणका बेला सरकार परिवर्तन र पर्टीमा भाँडभैलो हुनु निक्कै दुखद् भएको बताउनु भयो ।
साथै उहाँले अहिलेको अवस्था आउनुको पछाडी दुई अध्यक्षको ठुलो हात रहेको भन्दै स्वार्थ त्यागेर जनता र देशलाई प्राथमिकतामा राखेर अघि बढ्न आग्रहसमेत गर्नुभयो ।