बालबालिकामा लकडाउनको असर, मानसिक समस्या आउने मनोविदहरुको चेतावनी (भिडियोसहित)
२१ असार, २०७७ काठमाडौं । लकडाउनका कारण विद्यालय बन्द भएपछि अधिकांश बालबालिका अहिले घरमै छन् । लामो समयदेखि घरमै रहेका बालबालिको उचित ख्याल राख्न नसके मनसिक समस्या बढ्न सक्ने मनोविद्ले चेतावनी दिएका छन् ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण चैत्र १२ गते हुने एसइइ परीक्षा स्थगित भयोे । त्यसपछि विद्यालय बन्द हुन थाले । त्यससँगै फेरिएको दिनचर्याले बालबालिकामा प्रभाव परिरहेको छ।
बालबालिकाको पढाईलाई असर परेको भन्दै सरकारले असर १ गतेदेखि बैकल्पिक शिक्षा सुरु भएको घोषणा गर्यो । अहिले रेडियो, टेलिभिजन, अनलाइनको माध्यमबाट विद्यार्थीलाई पढाइएको छ । तर यसले विद्यार्थीमा मानसिक तनाव बढाएको शिक्षाविद्को भनाइ छ।
बालबालिकाको पढाईलाई असर परेको भन्दै सरकारले असर १ गतेदेखि बैकल्पिक शिक्षा सुरु भएको घोषणा गर्यो । अहिले रेडियो, टेलिभिजन, अनलाइनको माध्यमबाट विद्यार्थीलाई पढाइएको छ । तर यसले विद्यार्थीमा मानसिक तनाव बढाएको शिक्षाविद्को भनाइ छ।
अनलाइन कक्षाले मात्र होइन, सरकारले कहिले विद्यालय खोल्ने, कहिले नखोल्ने, जस्ता विभिन्न निर्णय गर्यो । विद्यालयको शुल्कलाई लिएर पनि सरकारले ठोस निर्णय गरेको छेन । शुल्कलाई लिएर अहिले अभिभावक र विद्यालयबीच दूरी बढिरहेको छ । जसका कारण बालबालिकामा पनि तनाव सृजना भएको छ ।
विद्यालय बन्द भएसँगै बालबालिकाले साथीभाईसँग भेट्न पाएका छैनन न त शिक्षक शिक्षिकासँग प्रत्यक्ष सम्पर्कमा नै जान पाएका छन् । दैनिकी नै परिवर्तन भएको यो समयमा उनीहरुलाई मानसिक तनाव पर्ने भएकाले सबैले ध्यान दिनुपर्ने मनोविदको सुझाव छ ।
यो समयमा अभिभावक र शिक्षक–शिक्षिकाले बालबालिकाको मनस्थिती बुझेर व्यवहार गर्नु आवस्यक छ । लामो समयदेखि घरमै बसिरहेका बालबालिकाकालाई पर्याप्त ध्यान नदिए मानसिक स्वास्थ्य विग्रन सक्ने मनोविद्को चेतावनी छ ।
प्रतिक्रिया