समाज

उपत्यकामा हराएका २० वटा मोटरसाइकल सम्बन्धित धनीले पाए

हिमालय टिभी
२०७७ असार २१ गते १८:०८
उपत्यकामा हराएका २० वटा मोटरसाइकल सम्बन्धित धनीले पाए

२१ असार, २०७७ काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ ।

प्रहरीले विभिन्न स्थानबाट चोरी भई फेला परेका २० थान मोटरसाइकल तथा स्कुटर आज पत्रकार सम्मेलन गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

लकडाउनको अवस्थामा पनि विभिन्न ठाउँमा चेक हुँदा कागजपत्र प्राप्त नभई छोडेर गएका मोटरसाइकल चोरी हुने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *