समाज
११ वर्षीया बालिका हत्या आरोपमा अघोरी बाबासहित ११ जना पक्राउ
२०७७ असार २१ गते १८:०३
२१ असार, २०७७ धनुषा । धनुषाको कुर्थाकी ११ वर्षीया बालिका कञ्चन पंजियारको हत्यामा संलग्न रहेको आरोपमा १९ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा आफूलाई अघोरी बाबा भन्नेसम्म छन । पक्राउ परेकाहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ती बालिकाको शव निर्वस्त्र अवस्थामा शुक्रबार बिहान साढे ११ बजेतिर दुधमति नदीको छेउमा फेला परेको थियो । बालिकाको बलात्कारपछि हत्या भएको आशंका छन् ।
ती बालिका गत बुधबार खेतमा भैँसी चराउन गएको बेला बेपत्ता भएकी थिइन् । त्यसपछि परिवारले खोजी गरे पनि उनी शुक्रबार मृत भेटिएकी हुन् ।
प्रतिक्रिया