आर्थिक

लकडाउनका कारण तरकारी बारीमै कुहियो, किसान निराश (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २१ गते १७:४९
लकडाउनका कारण तरकारी बारीमै कुहियो, किसान निराश (भिडियोसहित)

२१ असार, २०७७ भोजपुर । लम्बिएको लकडाउनले लाखौँको तरकारी बारीमै कुहिएपछि भोजपुरका किसान निराश छन् । व्यावसायिक रुपमा फलाएको तरकारी नबिकेपछि किसानको लगानी र श्रम खेर गएको छ ।

लकडाउन केहि खुकुलो बनेपनि किसानले आफुले फलाएको कृषि उपजले मूल्य पाएको छैन । उपभोक्ताको चाप कम भएकाले गोलभेंडा प्रतिकिलो ५ देखि १५ रुपैँयासम्म विक्रि हुने गरेको छ । बजार क्षेत्रका उपभोक्ता गाउँघर लागेपछि तरकारीको खपत घटेको छ । यसले लाखौँको तरकारी बारीमै कुहिएको छ ।

कतिपय किसानले उत्पादित तरकारी सुँगुर र गाइबस्तुलाई खुवाइरहेका छन । बाहिरबाट तरकारी आयात बन्द गरेर गाउँको उत्पादन गाउँमै खपत गर्नु पर्ने उनीहरुको माग छ ।

तरकारीउत्पादन धेरै भए पनि लकडाउनका कारण माग थोरै भएपछि व्यावसायिक खेती गर्ने किसान बढी मारमा परेका छन । कृषि ज्ञान केन्द्रले किसानलाई केही राहत दिने बताएको छ । तर त्यो निकै कम छ ।

सदरमुकाममा शनिबार र बुधबार दुईपटक लाग्ने हाट बजारमा सातदेखि नौ मेट्रिक टनसम्म तरकारी खपत हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । तर पछिल्लो पटक यो खपत निकै घटेको छ । जसले किसान मारमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *