समाज
कर्णालीका कोरोना संक्रमित दुई चिकित्सक डिस्चार्ज
२०७७ असार २१ गते १६:०१

२१ असार, २०७७, सुर्खेत । कोरोना भाइरस संक्रमण पुष्टि भएका कर्णालीका दुईजना चिकित्सक निको भएका छन् ।
कर्णाली प्रदेश अस्पतालमा कार्यरत दुईजना चिकित्सकलाई आज संक्रमणमुक्त भएपछि आइसोलेसनबाट डिस्चार्ज गरिएको हो ।
उनीहरुमा असार ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएका चिकित्सकलाई अस्पतालको निवास क्षेत्रमा निर्माण गरिएको आइसोलेसन राखिएको थियो ।
पुनः परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि आइसोलेसनबाट डिस्चार्ज भएको अस्पतालका निर्देशक डा। डम्बर खड्काले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारका अनुसार कर्णालीमा २३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया