समाज

बागलुङमा क्वारन्टिनमा बसेका एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ असार २१ गते १३:४५
बागलुङमा क्वारन्टिनमा बसेका एक जनाको मृत्यु

२१ असार, २०७७, बागलुङ । बागलुङमा क्वारन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ ।

केही दिनपहिला भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारन्टिनमा बसेका निसीखोला गाउँपालिका वडा नम्बर –२ का २९ वर्षीय सुनिल विकको मृत्यु भएको हो ।

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मिलन मल्लले लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको जानकारी दिनुभयो । विकको पीसीआर रिपोर्ट आएपछि दाहसंस्कार गरिने डाक्टर मल्लले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *