आर्थिक

प्रदेश १ को कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक, कहाँ कति भयो खर्च ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २० गते १९:०३
प्रदेश १ को कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक, कहाँ कति भयो खर्च ? (भिडियोसहित)

२० असार, २०७७ काठमाडौं । प्रदेश १ सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको खर्च विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कोरोना नियन्त्रणमा अहिलेसम्म २७ करोड भन्दा बढी रकम खर्च भएको जनाएको छ ।

प्रदेश १ सरकारले कोरोना महामारी नियन्त्रण र रोकथाममा मन्त्रालयगत रुपमा गरेको हिसाब सार्बजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अनुसार प्रदेश १ मा कोरोना नियन्त्रणका लागि अहिलेसम्म २७ करोड ३३ लाख ९० हजार रुपैयाँ खर्च भइसकेको छ ।

प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि स्थापना गरेको जनसुरक्षा कोषमा ३३ करोड ५४ लाख एक हजार ९४१ रुपैयाँ जम्मा भएको छ । सरकारले कोषमा २५ करोड राखेको थियो । प्रदेश १ मा अहिलेसम्म भेटिएका कुल संक्रमितमध्ये अधिकांश भारतबाट आएकाहरु छन् ।

प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि व्यवस्थित ढंगले काम अघि बढाएको मुख्यमन्त्रीको दाबी छ । सरकारकै प्रयासका कारण कोरोना नियन्त्रण प्रभावकारी बन्दै गएको मुख्यमन्त्री शेरधन राइ बताउनुहुन्छ ।

प्रदेशमा कोरोना परीक्षण बढाउने सरकारको योजना छ । प्रदेश १ मा पहिलो संक्रमण उदयपुरको भुल्केमा गत वैशाख ५ गते देखिएको थियो । त्यसयता भारतबाट आउने नेपालीको चापसँगै संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *