समाज

भोजपुर बसपार्क यसरी भइरहेछ दुरुपयोग (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २० गते १८:५७
भोजपुर बसपार्क यसरी भइरहेछ दुरुपयोग (भिडियोसहित)

२० असार, २०७७ भोजपुर । स्थानीय सरकारले चासो नदिँदा भोजपुर बसपार्क, व्यक्तिगत र कम्पनीको निर्माण सामग्री थन्क्याउने थलो बन्दै गएको छ । भोजपुर नगरपालिकाले समयमै बसपार्क सञ्चालनमा नल्याउँदा दुरुपयोग बढेको हो ।

भोजपुर नगरपालिका ७, कोदारस्थित भोजपुर नगरपालिकाको मातहतमा करिब ५ वर्षअघि बनेको बसपार्क अव्यवस्थित छ । बसपार्क व्यवस्थापनमा नगरपालिकाले वेवास्ता गरेपछि व्यक्तिगत र निर्माण कम्पनीको सामान भण्डारण गर्ने थलो बनेको हो ।

भोजपुर नगरपालिका ७, हटियालाईनस्थित बसपार्क व्यवस्थापनका लागि जग्गा खरिदबाहेक करिब ८५ लाख बराबरको लगानी भईसकेको छ । प्रदेश सरकारले पनि गत वर्ष बसपार्क स्तरोन्नतीका लागि २० लाख बजेट छुट्याएको थियो । नगरपालिकाले समयमै बसपार्क व्यवस्थापन नगर्दा व्यवसायी र यात्रु दुवैले सास्ती पाएका छन ।

नगरपालिकाले बसपार्क चाँडै सञ्चालनमा ल्याउने तयारी गरेको छ । बसपार्कको सम्पूर्ण पूर्वाधार निर्माण अन्तिम चरणमा पुगिसकेको छ । बसपार्कलाई व्यवस्थित बनाएर सञ्चालन गर्ने भनेर नगरपालिका लागि परेको छ ।

सम्बन्धित निकायले समयमै बसपार्क सञ्चालनमा ल्याउन ताकेता गरेपनि नगरपालिकाले कुनै विकल्प नसुझाउँदा बसपार्क अव्यवस्थित बनेको हो । व्यावसायीलाई निजी जग्गाको भाडा तिर्नुपर्ने, यात्रु र सवारीसाधनको सुरक्षा नहुने समस्या भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *