समाज

विपक्षी नेपाली कांग्रेसद्वारा कर्णाली प्रदेशसभा बैठक बहिस्कार

हिमालय टिभी
२०७७ असार २० गते १८:४०
विपक्षी नेपाली कांग्रेसद्वारा कर्णाली प्रदेशसभा बैठक बहिस्कार

२० असार, २०७७, सुर्खेत । बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक बहिष्कार गरेको छ ।

कांग्रेसले सबै मन्त्रालयको योजनासहितको रातो किताव माग गर्दै बैठक बहिष्कार गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयले रातो किताब ल्याए पनि सबै मन्त्रालयको विवरण नआएकोमा कांग्रेसले असन्तुष्टि जनाएको छ किताब नआएसम्म बिरोध जारी रहने उसको अडान छ ।

बजेट माथि असन्तुष्टि जनाउँदै असार १०, ११, १५, र १८ गते प्रदेश सभाको बैठक अवरोध गरेको कांग्रेसले आजको बैठकमा सहभागीता नै जनाएन ।

प्रतिपक्ष दलका सदस्य सहभागि नभए पनि बैठक भने सञ्चालन गरिएको थियो । कर्णाली प्रदेशसभामा प्रतिपक्षमा ६ जना नेपाली कांग्रेस र १ जना राप्रपाका सांसद छन् । ४० सदस्यीय सभामा ३३ जना नेकपाका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *