आर्थिक
लकडाउनयता वीरगञ्ज भन्सारबाट पाँच अर्बको औषधि, कच्चा पदार्थ र केमिकल आयात
२०७७ असार २० गते १३:३९
२० असार, २०७७ पर्सा । लकडाउन शुरु भएदेखि अहिलेसम्म वीरगञ्ज भन्सार नाका हुँदै झण्डै पाँच अर्वको तयारी औषधी र कच्चा पदार्थ तथा केमिकल आयात भएको छ ।
२०७६ चैत ११ गतेदेखि २०७७ असार ७ गतेसम्म ४ अर्ब ९ करोड ५१ लाख ३ हजार ७ सय ५५ रुपैयाँको औषधि र ७३ करोड ८८ लाख ४५ हजार ६ सय १५ रुपैयाँको कच्चा पदार्थ तथा केमिकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
२२ लाख ८३ हजार ६ सय १७ किलो औषधी आयात हुँदा वीरगञ्ज भन्सारले २१ करोड ३ लाख ६९ हजार ५ सय २७ रुपैयाँ राजश्व संकलन गरेको छ ।
५२ लाख १५ हजार ६ सय ८ किलो कच्चा पदार्थ र केमिकल भित्रिदा ६ करोड ६५ लाख ४१ हजार ३ सय ९८ रुपैयाँ राजश्व उठेको छ ।
प्रतिक्रिया