समाज
प्युठानमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
२०७७ असार २० गते १३:२२

२० असार, २०७७, प्युठान । प्युठानमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
चुनढुङ्गा बोकेर नौबहिनी गाउँपालिका ८ लुफ्लुङबाट दाङको कालाकाटेका लागि छुटेको ना ७ ख ८९३८ नम्बरको टिपर सरुमारानी गाउँपालिका ६ मोतीपुरमा दुर्घटना भएको हो ।
दुर्घटनामा टिपर चालक ३० वर्षीय रोशन थापा र सहयोगी ३५ वर्षीय झगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
टिपर सडकदेखि करीब ६ सय मिटर तल माडी खोलामा खसेको छ ।
प्रतिक्रिया