विदेश

भारतमा एकैदिन २२ हजार बढीमा कोरोना संक्रमण

हिमालय टिभी
२०७७ असार २० गते ८:२६
भारतमा एकैदिन २२ हजार बढीमा कोरोना संक्रमण

२० असार, २०७७ काठमाडौं । भारतमा एकै दिन २२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ७ सय २१ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या हालसम्मकै उच्च हो । यसअघि भारतमा गएको जुन २७ तारिखमा सबैभन्दा बढी २० हजार १ सय ३१ जनामा संक्रमण भएको थियो ।यससँगै भारतमा संक्रमितको संख्या ६ लाख ४९ हजार ८ सय ८९ पुगेको छ ।

यस्तै अमेरिकामा ५४ हजार ९ सय ४ तथा ब्राजिलमा ४१ हजार ९ सय ८८ जना संक्रमित थपिए । विश्वभर थप २ लाख ९ हजार २८ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ करोड ११ लाख ८२ हजार ५ सय ७६ पुगेको छ ।

यस्तै गएको एक दिनमा ब्राजिलमा सबैभन्दा धेरै मानिसले ज्यान गुमाए । ब्राजिलमा १ हजार २ सय ५४ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा ६ सय १६ तथा भारतमा ४ सय ४४ जनाको मृत्यु भएको छ ।

हालसम्म अमेरिकामा सबैभन्दा बढी १ लाख ३२ हजार १ सय १, ब्राजिलमा ६३ हजार २ सय ५४ तथा भारतमा १८ हजार ६ सय ६९ जनाको मृत्यु भैसकेको छ ।

यसैबीच पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीलाई कोरोना संक्रमण भएको छ। विदेशमन्त्री शाहले ट्वीटरमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *