विदेश
कोरोना भाइरस नियन्त्रणमा सफलता हात पारेको उत्तर कोरियाको घोषणा
२०७७ असार १९ गते १७:४६

१९ असार, प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले कोरोना भाइरस नियन्त्रणमा आफ्नो देशले सफलता हात पारेको घोषणा गरेका छन् ।
किमलाई उदृत गर्दै उत्तर कोरियाली सरकारी मिडियाले कोरोना भाइरस नियन्त्रणमा सफलता हात परेको समाचार संप्रेषण गरेका छन् । कोरोना भाइरस फैलिएपछि उत्तर कोरियाले सीमा नाकाहरु बन्द गरेर हजारौंलाई आइसोलेसनमा राखेको थियो ।
उत्तर कोरियामा कोरोना भाइरस मुक्त भएको बताएको । तर, विश्लेषकहरुले त्यो सत्य हुन नसक्ने बताएका छन् । पोलिट ब्यूरो बैठकमा उनले लामो समयको अथक प्रयासपछि उत्तर कोरियामा कोरोना भाइरस नियन्त्रणमा आएको बताएका थिए ।
उत्तर कोरियामा अहिले विद्यालयहरु खुलिसकेका छन् । तर, भेला गर्न र भने अझै पनि प्रतिबन्ध लगाइएको छ । मास्क लगाउनु पनि अनिवार्य गरिएको छ ।
प्रतिक्रिया