विदेश

हतियारधारी समूहको आक्रमणमा ८ प्रहरीसहित ११ जनाको मृत्यु

हिमालय टिभी
२०७७ असार १९ गते १२:३५
हतियारधारी समूहको आक्रमणमा ८ प्रहरीसहित ११ जनाको मृत्यु

१९ असार, २०७७, नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा हतियारधारी समूहको आक्रमणमा ८ जना प्रहरी मारिएका छन् ।

उत्तर प्रदेशको कानपुरमा हतियारधारी समूहले अन्धाधुन्ध गोली चलाउँदा एक डीएसपी, तीन इन्सपेक्टरसहित आठ जना प्रहरी मारिएको भारतीय सञ्चार माध्यमले जनाएका हुन् ।

त्यस्तै सात जना प्रहरी घाइते छन् । एकजना विकास दुबे नामका फरार अभियुक्त पक्राउ गर्न पुगेको प्रहरीमाथि अन्धाधुन्ध गोली हानिएको थियो । आक्रमणमा अभियुक्त दुबे र उनकै समूहको संलग्नता रहेको प्रहरीको दाबी छ ।

आक्रमणकारीले प्रहरीको हतियार समेत लुटेका छन्। घटनामा दुबे समूहका तीन जना पनि मारिएका प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले उत्तर प्रदेशको सबै सीमा सिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *