रियल मड्रिड स्पेनिस ला लिगा फुटबल उपाधिको बलियो दाबेदार

१९ असार, २०७७ काठमाडौं । रियल मड्रिडको स्पेनिस ला लिगा फूटबलको उपाधि थप बलियो भएको छ ।
गेटाफेमाथि १-० गोलको जित निकाल्दै रियलले आफ्नो उपाधि यात्रा थप बलियो बनाएको हो । घरेलु मैदानमा रियलको जितमा कप्तान तथा डिफेन्डर सर्जियो रामोसले गरेको गोल नै निर्णायक रह्यो ।
उनले ७९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । बराबरीतर्फ उन्मुख खेलमा गेटाफेका माथियास ओलिभेराले ड्यानी कार्भाजलमाथि फल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो ।
जसमा रामोसले लगातार २१ औं पेनाल्टी गोल गर्न सफल रहे । जितपछि रियलले दोस्रो स्थानको बार्सिलोनासँग अग्रता ४ अंकले बढाएको छ । मड्रिडको ३३ खेलबाट ७४ अंक जोडेको छ भने समान खेलबाट बार्सिलोनाको ७० अंक रहेको छ ।
रियलले अब खेल्न बाँकी ५ खेलमा उपाधिका लागि मात्र ४ खेलमा जित निकाले पुग्नेछ । सन् २ हजार १२ पछि पहिलो पटक रियल ला लिगाको उपाधि जित्ने दाउमा रहेको छ ।
यस्तै ला लिगा अन्तर्गत सम्पन्न अन्य खेलमा रियल सोसिडाडले स्पानुयलमाथि २-१ र ओसासुनाले इबरमाथि २-० गोलको जित निकालेका छन् ।
प्रतिक्रिया