समाज

विद्यालय शुल्कका बारेमा तत्काल निर्णय लिन शिक्षाविदहरुको सुझाव

हिमालय टिभी
२०७७ असार १७ गते १५:४३
विद्यालय शुल्कका बारेमा तत्काल निर्णय लिन शिक्षाविदहरुको सुझाव

१७ असार, २०७७ काठमाडौं । शिक्षाविद्ले विद्यालय शुल्कका बारेमा तत्काल निर्णय गर्न संघीय सरकारलाई सुझाव दिएका छन् ।

निजी विद्यालयले लकडाउनको बेलाको शुल्क मागे पनि अभिभावकले तिरेका छैनन् । सरकारले चैतको शुल्क नलिन भने पनि निजी विद्यालयले त्यो शुल्क उठाएका छन् ।

बैशाखदेखि अहिलेसम्मको शुल्कका बारेमा सरकारले केही बोलेको छैन । त्यसैले यसबारेमा सरकारले नै निर्णय गर्नुपर्ने कोइरालाको सुझाव छ ।

सरकारले मिनाहा भनेको चैतको शुल्क नतिर्ने विद्यार्थीको परीक्षाफल रोकिएको छ । बैंकको ब्याज तिर्ने र शिक्षक कर्मचारीलाई तलब दिने पैसा नभएकाले विद्यार्थीसँग शुल्क उठाउनको विकल्प नभएको निजी विद्यालयको भनाइ छ ।

तर, अभिभावकले भने लकडाउनले काम गर्न नपाएकाले आम्दानी पनि नभएको र छोराछोरी पनि स्कुल नगएकाले उक्त समयको शुल्क नतिर्ने अडान लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *