आर्थिक
सुनको भाउ फेरि बढ्यो, तोलाको ९१ हजार ७ सयमा कारोबार
२०७७ असार १७ गते १३:४८
१७ असार, २०७७ काठमाडौं । सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार ७ सय रुपैयाँ पुगेको छ ।
यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार र सोमबार सुनको भाउ तोलाको ९१ हजार ३ सय रुपैयाँ थियो ।
हिजो भने सुन तोलाको ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा नै सुन महँगो भएकाले नेपालमा पनि भाउ बढेको हो ।
कोरानाको त्रासले अन्य क्षेत्रमा लगानीको वातावरण नहुँदा लगानीकर्ता सुनप्रति आकर्षित भएका छन् । जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ ।
नेपाली बजारमा भने सुनको भाउ महँगो भए पनि कारोबार भने कम छ । अहिले विवाहको सिजन भए पनि व्यापार निक्कै कम भएको व्यापारीले बताएका छन् ।
प्रतिक्रिया