आर्थिक

शेयर बजारमा आज पनि उछाल, नेप्से ६ प्रतिशतले बढ्यो

हिमालय टिभी
२०७७ असार १७ गते १३:०७
शेयर बजारमा आज पनि उछाल, नेप्से ६ प्रतिशतले बढ्यो

१७ असार, २०७७ काठमाडौं । शेयर बजारमा आज पछि उछाल आएको छ । हिजो जस्तै आज पनि शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि बजार १२ बजेर २३ मिनेटमा नै बन्द गरियो ।

खुलेदेखि नै लगातार बढ्न थालेको बजार १३ मिनेटमा नै पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसको २० मिनेटपछि खुलेको बजार २ मिनेटमा नै थप एक प्रतिशतले बढेको थियो ।

त्यसको ४० मिनेटपछि खुलेको बजार फेरि ६ प्रतिशतले बढे पछि आजका लागि शेयर कारोबार बन्द गरिएको हो । नेप्से ६ प्रतिशतले घटबढ भएमा कारोबार रोक्ने व्यवस्था छ ।

आज नेप्से ७५ दशमलव ७७ अंकले बढेर १३ सय ३६ दशमलव ५३ अंकमा पुगेको छ । समग्रमा २० मिनेटभन्दा कम समय मात्र कारोबार भएको बजारमा ४० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

लकडाउनका कारण ३ महिना बन्द रहेको बजार गत सोमबारदेखि खुलेको हो । सोमबार समान्य घटेको बजार हिजो र आज सर्किट नै लाग्ने गरेर बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *