पछिल्लो ब्राजिलमा एक हजार बढी कोरोना संक्रमित थपिए
१७ असार, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो समय ब्राजिलमा सबैभन्दा बढी एक हजार भन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो पटक थप १ हजार २ सय ७१ जनाको मृत्युसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ हजार ६ सय ५६ पुगेको छ । यस्तै गएको एक दिनमा अमेरिकामा ७ सय ६४ तथा भारतमा ५ सय ६ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट अमेरिकामा अहिलेसम्म १ लाख ३० हजार १ सय २२ तथा ब्राजिलमा ५९ हजार ६ सय ५६ जनाको मृत्यु भैसकेको छ ।
त्यस्तै पछिल्लो समय अमेरिकामा सबैभन्दा बढी संक्रमित थपिएका छन् । अमेरिकामा ४६ हजार ४२, ब्राजिलमा ३७ हजार ९ सय ९७ तथा भारतमा १८ हजार २ सय ५६ जना संक्रमित थपिए ।
यस्तै मेक्सिकोमा आज थप ५ हजार ४ सय ३२ जना संक्रमित हुँदा ६ सय ४८ जनाको मृत्यु भएको छ । २ सय १३ देशमा फैलिएको कोरोना संक्रमणबाट अहिलेसम्म १ करोड ५८ लाख ३ हजार ८ सय ७८ जना संक्रमित हुँदा ५ लाख १३ हजार ८ सय ६१ को मृत्यु भैसकेको छ ।
प्रतिक्रिया