खेलकूद
इंग्लिस प्रिमियर लीगमा म्यानचेस्टर युनाइटेड विजयी
२०७७ असार १७ गते ८:२०

१७ असार, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।
लीग अन्तर्गत गएराति म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि ३(० गोलको जित निकालेको हो । अबे मैदानमा भएको खेलमा युनाइटेडका लागि ब्रुनो फर्नान्डेसले दुई गोल तथा म्यासन ग्रिनवुडले एक गोल गरे ।
ग्रिनवुडले १६ औं तथा फर्नान्डेसले २९ र ५० औं मिनेटमा गोल गरेका थिए । जितपछि ३२ खेलबाट ५२ अंक जोडेको युनाइटेड समान खेलबाट समान अंक रहेको वुल्भ्सलाई गोल अन्तरमा पछि पार्दै पाँचौं स्थानमा उक्लिएको छ ।
उता समान खेल खेलेको ब्राइटन ३३ अंकसहित १५ औं स्थानमा छ । प्रिमियर लीगको उपाधि भने यसअघि नै लिभरपुलले जितिसिकेको छ ।
प्रतिक्रिया