विदेश

विवाह समारोहमा ९५ जना कोरोना संक्रमित, बिहेको दुई दिनमै बेहुलाको मृत्यु

हिमालय टिभी
२०७७ असार १६ गते १७:५७
विवाह समारोहमा ९५ जना कोरोना संक्रमित, बिहेको दुई दिनमै बेहुलाको मृत्यु

१६ असार, २०७७ पटना । भारतको बिहार राज्यको पटना नजिकै एक वैवाहिक समारोहमा उपस्थित ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विवाहमा उपस्थित संक्रमित भएका छन् भने दुलहाको कोरोना भाइरसका कारण ज्यान समेत गएको छ ।

तर, ती दुलाहाको अन्तेष्टी पछिमात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । पटनाभन्दा ५० किलोमिटर टाढा रहेको पालिगञ्जमा यो घटना भएको हो ।

सुरुमा विवाहमा संलग्न १५ जनामा कोरोना भाइरस भाइरस पुष्टि भएकोमा कन्ट्याक्ट ट्रेसिङ गर्दा अरु ८० जना आफन्तमा पनि संक्रमण देखिएको हो ।

ती दुलाहालाई केही लक्षण देखिएपनि जारी रहेको विवाह समारोहको दुई दिनपछि दुलहाको मृत्यु भएको हो । स्थानीय प्रशासनले यो घटनालाई गम्भीर लापरवाही भएको जनाएको छ ।

यसैबीच बैंगलोरमा एक ब्यक्तिको अस्पताल चहार्दा चहार्दै मृत्यु भएको छ । सास फेर्न गाह्रो हुने र उच्च तापक्रम देखिएपछि ५२ वर्षे ती ब्यक्तिलाई १८ वटा अस्पतालले ढोकाबाट फर्काएका थिए भने अरु ३२ वटाले भर्ना गर्न मानेका थिएनन् ।

लगातार ३६ घण्टा अस्पताल चाहार्दा अन्तिममा एक अस्पतालले भर्ना लिन मानेको थियो । अस्पताल पुग्दा पुग्दै उनको मृत्यु भएको बताइएको छ । कोरोना परीक्षणका लागि उनको नमुना संकलन गरिएपछि नतिजा आइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *