विश्वभर कोरोनाबाट थप ३ हजार बढीको मृत्यु

१६ असार, २०७७ काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट थप ३ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।
गएको २४ घण्टामा कोरोनाबाट विश्वभर थप ३ हजार ४ सय ११ जनाले ज्यान गुमाएका छन् । यससँगै विश्वभर मृत्यु हुने मानिसको संख्या ५ लाख ७ हजार ५ सय २४ पुगेको छ ।
मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा ७ सय २७ जना रहेका छन् । ब्राजिलमा अहिलेसम्म ५८ हजार ३ सय ८५ जनाको मृत्यु भैसकेको छ । त्यस्तै भारतमा थप ४ सय १७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ९ सय ४ पुगेको छ ।
कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा १ लाख २८ हजार ७ सय ७९ जनाको मृत्यु भैसकेको छ । यस्तै विश्वभर गएको एक दिनमा १ लाख ६० हजार ९ सय भन्दा बढी संक्रमित थपिए ।
सबैभन्दा बढी अमेरिकामा ४४ हजार ७ सय २५ जना संक्रिमत थपिंदा ब्राजिलमा २५ हजार २ सय ३४ तथा भारतमा १८ हजार ३ सय ३९ जनामा संक्रमण भएको छ ।
अमेरिका २६ लाख ८१ हजार ८ सय ९७, ब्राजिलमा १३ लाख ७० हजार ४ सय ८८, रुसमा ६ लाख ४१ हजार १ सय ५६ तथा भारतमा ५ लाख ६७ हजार ५ सय ३६ जना संक्रमित पुगेका छन् । उता कोरोना भाइरसको उद्गमस्थल चीनमा थप १२ जना कोरोना संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया