समाज

पैसाको लोभ र यौन अपराध लुकाउन परिवारै मिलेर बुहारीको निर्मम हत्या

हिमालय टिभी
२०७७ असार १५ गते १७:४९
पैसाको लोभ र यौन अपराध लुकाउन परिवारै मिलेर बुहारीको निर्मम हत्या

१५ असार, २०७७, मकवानपुर । भनिन्छ घरमा पालेको जनावारलाइ त केही भयो भने मन दुख्छ माया लाग्छ । तर मानिस कहिलेकाहिँ यति निर्मम पनि बन्न सक्छन् भन्दा अचम्म लाग्न सक्छ । तर यस्तै अपत्यारिलो घटना भएको छ मकवानपुरको हेटौंडामा ।

हेटौँडा उपमहानगरपालिका– ४ घर भएकी २६ वर्षीया सुस्मिता थापा गत असार २ गते बिहान घरको भान्छा कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । तर उनको आफ्नै परिवारले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफ्नै ससुरा नन्द लगायतले लाठी र मसला पिस्ने लोहोरोले हानेर उनको विभत्स हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुहारीको हत्यामा संलग्न ससुरा ५८ बर्षका प्रकाश थापा, कान्छी नन्द २३ बर्षकी सीता थापा, जेठी नन्द २७ बर्षकी दुर्गा थापा र सासु ५० बर्षकी तुलसा थापालाई आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ । उनको हत्या असार १ गते राती आफ्नै परिवारले गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सुशील शिंह राठोरले जानकारी दिनुभयो ।

सुस्मिताको हत्यारालाई चाँडो सार्वजनिक गरी हदैसम्मको कारवाहीको माग गर्दै हेटौंडामा मकवानपुरमा महिलाहरु आन्दोलनमा उत्रिएका थिए ।

कपिलवस्तु बाणगङ्गा माइती भएकी सुस्मिताको १ बर्षअघि हेटौंडाका उपेन्द्र थापासँग विवाह गरेर आएकी थिइन् । उनका श्रीमानको गत असोजमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । ६ महिनामै पति गुमाएकी उनको आफ्नै परिवारले निर्मम हत्या गरेको खुलेको छ ।

कपिलवस्तु बाणगङ्गा माइती भएकी सुस्मिताको १ बर्षअघि हेटौंडाका उपेन्द्र थापासँग विवाह गरेर आएकी थिइन् । उनका श्रीमानको गत असोजमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । ६ महिनामै पति गुमाएकी उनको आफ्नै परिवारले निर्मम हत्या गरेको खुलेको छ ।

प्रहरीका अनुसार करीब ९ महिनाअघि सवारी दुर्घटनामा छोरा रुपेन्द्र थापाको मृत्यु भएपछि बुहारीलाई घरका सदस्यहरुले मानसिक यातना दिने र ससुरा प्रकाश थापाले यौन दुर्व्यवहारको प्रयास गरेका थिए । पत्रकार सम्मेलनमा प्रहरीले हत्याको कारण यौन दुर्व्यवहारको घटना लुकाउन र दुर्घटनामा छोराको ज्यान गएपछि पाउने क्षतिपूर्ति, छोराले काम गर्ने कार्यालयबाट आउने करीब ४० लाख रुपैयाँका बुहारी सुस्मिताको हत्या गरेको जनाएको छ ।

प्रहरीका अनुसार मृतक सुस्मिताका ससुरा प्रकाश थापाले छोराको नामबाट आउने सबै रकम आफूलाई नै दिनुपर्ने दबाब दिँदै आएको थिए । दुर्घटनामा मृत्यु भएका रुपेन्द्र थापाको बीमावापतको १० लाख ६३ हजार रुपैया हत्यामा संलग्न प्रकाश थापाले लिइसकेको समेत एसपी राठोरले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मृतक सुस्मिताका ससुरा प्रकाश थापाले छोराको नामबाट आउने सबै रकम आफूलाई नै दिनुपर्ने दबाब दिँदै आएको थिए । दुर्घटनामा मृत्यु भएका रुपेन्द्र थापाको बीमावापतको १० लाख ६३ हजार रुपैया हत्यामा संलग्न प्रकाश थापाले लिइसकेको समेत एसपी राठोरले जानकारी दिनुभयो ।

मकवानपुर प्रहरीले दिएको जानकारी अनुसार सुस्मितालाई असार १ गते बेलुकानै लठ्ठी र लोहोरोले हानेर मारिएको अनुसन्धानबाट खुलेको छ ।

भान्सामा बसिरहेकी सुस्मितालाई ससुरा प्रकाशले पछाडीबाट लाठीले हानी घाइते बनाएको र कान्छी नन्द सीताले मसला पिस्ने लोहोरोले हानेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सासु तुलसा थापा पनि घटनास्थलमै थिइन् । जेठी नन्द दुर्गा भने सो दिन काठमाडौँमा थिइन् । सुस्मिताको हत्या गरेपछि नन्द सीता र ससुरा प्रकाशले नुहाएर कपडा फेरी सफा भएर बसे । भान्सामा लागेको रगत समेत सासु तुसलाले पुछ्पाछ् गर्न भ्याइन् ।

त्यसलगत्तै सासु तुलसा र कान्छी नन्द घरको मूल ढोकाबाट बाहिर भागेको प्रहरीले जनाएको छ । ससुरा प्रकाशले मुल ढोकामा चुकुल लगाएर घरको आल्मुमियमको झ्यालबाट बाहिर निस्किएको र बाहिरबाट झ्याल लगाइदिएको बुझिएको छ ।

घटनाबारे मकवानपुर प्रहरीलाई असार २ गते बिहान ६ बजेर ३० मिनेटमा मात्रै मेरो बुहारीले आत्महत्या गरी भनेर ससुरा प्रकाशले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेपछि प्रहरीले माइती पक्षको समेत रोहबरमा दिउँसो २ बजे घरको मूल ढोका खोलेर घटनाबारे अनुसन्धान सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हत्यामा संलग्नहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम क्रुर यातना दिई ज्यान मार्ने कसुरमा जन्मकैद हुने प्रावधान रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *