एक्सरे गर्न आएकी महिलालाई नाङ्गै बनाएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ
१५ असार, २०७७, दाङ । एक्सरे गर्न आएकी एक महिलालाई नाङ्गै बनाएको आरोपमा दाङमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्।
घोराही लुहारसुरस्थित गोरखा हस्पिटल प्रालिमा रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका–५ निवासी २२ वर्षीय नवराज डाँगी पक्राउ परेका हुन्।
आइतबार एक नवविवाहित महिला छातीको एक्सरे गर्न आउँदा डाँगीले ती महिलालाई पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेको छ।
घोराही उपमहानगरपालिका–१८ निवासी ती महिलाका श्रीमानले दिएको जाहेरीका आधारमा प्रहरीले डाँगीलाई आज पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो ।
‘छातीको एक्सरे गर्नु पर्नेमा कम्मर मुनिको समेत सबै कपडा खोल्न लगाई नाङ्गै बनाएर एक्सरे गरेको भन्ने जाहेरीका आधारमा डाँगीलाई पक्राउ गर्नु परेको हो ’ डिएसपी खड्काले भने ‘पक्राउ परेका व्यक्ति उपर थप अनुसन्धान भइरहेको छ।’
डीएसपी खड्काले डाँगीविरुद्ध कसुर बमोजिम मुद्दा चलाएर कानुनी कारवाही हुने जानकारी दिनुभयो ।
एक्सरे गर्न कपड़ा खोलेर आउ भन्यो होला उसले सबै खोली होला नजानेर