समाज

कपिलवस्तुको विभिन्न स्थानमा सलहको ठुलो झण्ड देखियो

हिमालय टिभी
२०७७ असार १५ गते १७:१७
कपिलवस्तुको विभिन्न स्थानमा सलहको ठुलो झण्ड देखियो

१५ असार, २०७७ कपिलवस्तु । कपिलवस्तुका विभिन्न क्षेत्रमा सलहको ठूला झुण्ड देखिएका छन् ।

बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिका क्षेत्रमा सलह देखिएको हो । कपिलवस्तुमा १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड प्रवेश गरेको अनुमान छ ।

नयाँ समूह अहिले धेरै जंगलमा बसेको बताइएको छ । बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

करिब २० घण्टासम्म एकै ठाउँमा बसेको सलहको उक्त झुण्ड नेपालमा भेटिएकोमध्ये सबैभन्दा ठूलो भएको सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *