समाज

रुपन्देहीको सैनामैनामा भएको कार दुर्घटनामा बाबु–छोराको मृत्यु

हिमालय टिभी
२०७७ असार १५ गते १७:११
रुपन्देहीको सैनामैनामा भएको कार दुर्घटनामा बाबु–छोराको मृत्यु

१५ असार, २०७७ बुटवल । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैना वडा नम्बर ८ कलौनि शान्तिटोलमा कार र मोटरसाइकल ठोक्किँदा सैनामैना–१ का ३० वर्षीय सन्तोष परियार र उहाँका बुबा ५० वर्षीय टेकबहादुर परियारको मृत्यु भएको हो ।

कपिलवस्तुबाट बुटवलका लागि छुटेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *