समाज

भक्तपुरमा आपसी विवादमा एक जनाको हत्या

हिमालय टिभी
२०७७ असार १५ गते १५:००
भक्तपुरमा आपसी विवादमा एक जनाको हत्या

१५ असार, २०७७ काठमाडौं । भक्तपुर नगरपालिका–४ गहिटिमा दुई जनाबीच विवाद हुँदा एक जनाको हत्या भएको छ ।

सिन्धुलीको तिनपाटन गाउँपालिका घर भई गहिटी क्षेत्रमा ज्याला मजदुरी गर्ने ३० वर्षीय ईन्द्रबहादुर तामाङले ढुँगाले हान्दा जडिबुटी उपनामले चिनिने कृष्ण तामाङको मृत्यु भएको हो ।

कृष्णलाई ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी परिसर भक्तपुरका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *