विदेश
पाकिस्तानको कराचीमा बन्दुकधारीको गोली लागेर कम्तीमा सात जनाको मृत्यु
२०७७ असार १५ गते १३:१९

१५ असार, २०७७ इस्लामावाद । पाकिस्तानको कराचीस्थित पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
आक्रमणको घटनामा एक जना प्रहरी, दुई जना सुरक्षा गार्ड तथा चार जना आक्रमणकारीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
त्यस्तै दुई प्रहरीसहित सात जना घाइते भएको जनाइएको छ । उच्च सुरक्षित क्षेत्रमा अवस्थित भवनको मूलढोकामा ग्रिनेड विस्फोट गराएर आक्रमणकारी भवनमा प्रवेश गरेको बताइएको छ।
उता पाकिस्तानी जियो टीभीले भवनको पछाडिको ढोकाबाट केही मानिसलाई उद्धार गरिएको बताएको छ।
प्रतिक्रिया