विदेश

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड दुई लाख नाघ्यो

हिमालय टिभी
२०७७ असार १५ गते ७:४८
विश्वभर कोरोना संक्रमितको संख्या १ करोड दुई लाख नाघ्यो

१५ असार, २०७७ काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या १ करोड २ लाख नाघेको छ ।

विश्वभर थप १ लाख ६३ हजार भन्दा बढी संक्रमित थपिएसँगै कोरोना संक्रिमतको संख्या एक करोड २ लाख ३८ हजार नाघेको हो । पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा ४० हजार ५ सय ४० जना संक्रमित भए ।

त्यस्तै ब्राजिलमा २९ हजार ३ सय १३ तथा भारतमा १९ हजार ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी संक्रमित देखिएको अमेरिकामा हालसम्म २६ लाख ३७ हजारभन्दा बढी मानिस प्रभावित छन्। दोस्रो बढी संक्रमित देश ब्राजिलमा १३ लाख ४५ हजार २ सय जना संक्रमित भएका छन् ।

त्यस्तै रुसमा ६ लाख ३४ हजार भन्दा बढी तथा भारतमा ५ लाख ४९ हजार भन्दा बढीमा संक्रमण भएको छ । यस्तै विश्वकभर कोरोना संक्रमणबाट ५ लाख ४ हजार ३ सय ६६ जनाको मृत्यु भैसकेको छ।

मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा ५ लाख ४ हजार ३ सय ६६, ब्राजिलमा ५७ हजार ६ सय ५८, बेलायतमा ४३ हजार ५ सय ५० तथा भारतमा १६ हजार ४ सय ८७ जना रहेका छन् । त्यस्तै विश्वभर ५५ लाख ५३ हजार १ सय भन्दा बढी निको भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *